सबै डिजिटल वालेटबाट तिर्न मिल्छ सवारी कर? काठमाडौं। बागमती प्रदेश सरकारले अबको दुई सातामा सबै अनलाईन भुक्तानी प्रदायक कम्पनीबाट सवारी कर तिर्न मिल्ने बताएको छ। प्रदेश सरकारका अनुसार आजदेखि सुरु गरेको अनलाईनबाटै सवारीको कर भुक्तानी सबै डिजिटल वालेटबाट गर्न मिल्नेछ। अहिलेभने सरकारी डिजिटल भुक्तानी कम्पनी कनेक्ट आईपीएसबाट मात्रै कर तिर्न मिल्ने व्यवस्था गरिएको छ। यसलाई विस्तार गर्दै सबै डिजिटल भुक्तानी कम्पनीलाई यो योजनामा जोड्ने प्रदेशले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्