चिन्तमणी फुँयाल बने अनलाईनबाट सवारी कर तिर्ने पहिलो सेवाग्राही काठमाडौं। चिन्तामणी फुँयाल अनलाईनबाट सवारी कर बुझाउने पहिलो सेवाग्राही बनेका छन्। बागमती प्रदेश सरकारले आजदेखि सुरु गरेको अनलाईन प्रणालीबाट उनले सवारीको राजश्व भुक्तानी गरेका हुन्। टीएआईएस डट बागमती डट जीओभी डट एनपीमा गएर उनले आफ्नो नम्बर लगइन गरेपछि सवारीको विवरण र ब्लुबुक नम्बर राखेर उनले कर तिरेका छन्। उनले अनलाईन प्रणालीमा सबै विवरण राखेपछि कनेक्ट आईपीएसमार्फत कर तिरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्