दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढ्यो काठमाडौं। उपत्यकामा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाइएको छ। यसअघि दैनिक ७५०रहेकोमा ५प्रतिशत बढाएर दैनिक ७९० पु¥याइएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष२०७८/७९को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धार्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएको हो। यस्तै समितिले फोहोर,ढल,डकर्मी, सिकर्मी,नकर्मी, चित्रकारलगायत सबै प्रकारका श्रमिकको ज्याला बढाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्