सरकार निर्माण व्यवसायीको सहकार्यमा अघि बढ्ने काठमाडौं। अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायीबिना विकासका काम सम्भव नभएको बताएका छन्। उनले निर्माण व्यवसायीबिना विकास असम्भव भएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको उनले बताए। आज भएको नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्याङ्कन गरी व्यवसाय गर्नसमेत आग्रह गरे। उनले भने,“क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिनुहोस्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्