महासंघले भेट्यो उर्जामन्त्री, विद्युत महशुल विवाद समाधान गर्न माग काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ। अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले आज मन्त्री भुसालसँग भेटघाट गरेको हो। छलफलका क्रममा गोल्छाले ट्रक र डेडिकेटेड लाइनमा रहेको विद्युत महशुल विवाद तत्काल समाधान गर्नुपर्ने बताए। यो विवादले नेपालमा लगानीको वातावरण बिग्रन सक्ने भएकाले छिटै विवाद समाधान गर्नतर्फ लाग्नुपर्ने महासंघको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्