भारतका छ शहरमा पेट्रोलको मूल्य एक सय भारुभन्दा बढी एजेन्सी। भारतका छ वटा शहरमा पेट्रोलको मूल्य एक सय रुपैयाँ भारुभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा निरन्तर उकालो लाग्दा भारतमा पनि मूल्य आकासिएको हो। दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, बेंगलुरु र भोपालमा पेट्रोलको मूल्य एकसय भारुभन्दा माथि पुगेको हो। यससँगै नेपालमा पनि पेट्रोलको मूल्य थप बढ्ने सम्भावना देखिएको छ। हाल प्रतिलिटर १२८रुपैयाँ कायम रहेको पेट्रोलको भाउ बढ्ने देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्