माघसम्म १० प्रतिशतले महंगी बढ्ने राष्ट्र बैंकको प्रक्षेपण काठमाडौं। नेपाल राष्ट्र बैंकले यो वर्षको माघ महिनासम्ममा १० प्रतिशतले महंगी बढ्ने प्रक्षेपण गरेको छ। बैंकले गरेको सर्वेक्षणको आधारमा महंगी बढ्ने प्रक्षेपण गर्ने भएको हो। सात वटा प्रदेशका प्रमुख शहरमा बसोबास गर्ने ४८२ जनासँग गरिएको सर्वेक्षणमा यस्तो तथ्य फेला परेको जनाइएको छ। सर्वेक्षणका क्रममा उनीहरुले माघसम्ममा १० प्रतिशतसम्म मुद्रा स्फिती हुने आँकलन गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्