१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर काठमाडौं। पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर १८ दिनपछि आजबाट पुनः सञ्चालनमा आएको छ। आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका चार सडकमा क्षति पुर्‍याएको थियो। करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन सहज भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्