सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रिए बैंकका कर्मचारीहरु काठमाडौं। सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै बैंकका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका छन्। सरकारले जबर्जस्ती बैंकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन खोजेको भन्दै कर्मचारीहरुले करिब एक घण्टा काम नै बन्द गरी सडक आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीहरुले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। उनीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने भन्दै अन्तरिम आदेशको माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्