आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्