७२ प्रतिशत जनसंख्यामा कोरोना खोप लगाउने तयारी काठमाडौं। सरकारले १८ वर्षमाथिका ७२प्रतिशत जनसंख्यामा कोरोना खोप लगाउने तयारी पुरा गरिसकेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन भइरहेका जिल्लामा भेरोसेलका खोप र भोली वा पर्सिबाट सुरु हुने बाँकी जिल्लामा जोनसन कम्पनीको खोप लगाइने जनाएको छ। साउन पन्ध्रभित्र कम्तीमा३२लाख खोप नेपाल आइसक्ने र त्यसपछि पनि निरन्तर खोपहरु नेपाल आउने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्