चीन बन्यो नेपाललाई सबैभन्दा बढी अनुदानमा कोरोना खोप दिने राष्ट्र
काठमाडौं। नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ। चीनले हिजो थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। योसँगै चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ। यसअघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्
