कमजोर अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्छु – प्रधानमन्त्री देउवा काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कमजोर अर्थतन्त्रलाई माथि उकास्न सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिसँगको भेटघाटमा देउवाले यस्तो बताएका हुन्। उनले महासंघसँग भने, “समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्छ।” उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न र आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्