नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सरकारले सहयोग गर्ने काठमाडौं। नेपाल सरकारले नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सहयोग गर्ने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन नेपालका प्रतिनिधिसँगको छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल्स उद्योग स्थापनामा सहयोग गर्ने बताए। उनले भने, “यस्तो उद्योगलाई अघि बढाउनुहोस्। सरकारले सहयोग गर्छ।” यसैगरी मन्त्री शर्माले सबै नेपालीलाई सर्वसुलभ मूल्यमा खोप उपलब्ध गराउने र अटोमोबाइल्स व्यवसायी, कर्मचारी र कामदारलाई पनि प्राथमिक्तामा राखेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्