कर्णालीमा बजेट अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस काठमाडौं। अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको कर्णाली प्रदेश सरकारले अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गरेको हो। नेकपा एमालेले लगातार संसद् अवरुद्ध पारेपछि बजेट माथि छलफल हुन सकेको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्