गण्डकीमा बजेट पास, एमालेद्वारा विरोध कास्की। विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ। असन्तुष्ट एमालेका सांसदहरुले टेबल उठाएर फाल्दै विरोध गरेका थिए। गैर–बजेट विनियोजन गरेको १६ करोडको विवरण सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गरेको थियो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमालेले बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्