नयाँ पारिश्रमिक दर कार्यान्वयनमा समस्या काठमाडौं। उद्योगी/व्यवसायीले नयाँ पारिश्रमिक दर कार्यान्वयनमा समस्या परेको बताएका छन्। उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघले नयाँ पारिश्रमिक दर कार्यान्वयनमा ल्याउन समस्या परेको बताएका हुन्। उनीहरुले निषेधाज्ञापछि उद्योग/व्यवसाय पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा समस्या परेको बताए। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ देखि कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ। यसअघि न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्