उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गर्नुपर्ने काठमाडौं। निजी क्षेत्रका तीनवटा छाता संगठनले एक स्वरमा उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहजीकरण गर्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै उद्योग/व्यवसाय सञ्चालनमा सहजीकरण गरेर अर्थतन्त्र चलायमान बनाउन माग गरेको हो। कोभिड–१९ रोकथामका लागि गरिएको दोस्रो लकडाउनपछि उद्योग धन्दा पूर्ण क्षमतामा चल्न नसकेकाले सरकारले सहयोग गर्नुपर्ने व्यवसायीहरुले बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्