पराग्वेसँग नेपालको व्यापार घाटा ६ अर्ब काठमाडौं। ल्याटिन अमेरिकी राष्ट्र पराग्वेसँग नेपालको व्यापार घाटा ५अर्ब९९ करोड ८१ लाख ५३ हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष२०७७÷७८को पहिलो एघार महिनामा नेपालले सो आर्थिक घाटा ब्यहोरेको हो। उक्त अवधिमा नेपालबाट भने एक रुपैयाँको वस्तु पनि पराग्वे गएको छैन। पराग्वे र नेपालबीचको व्यापार एकतर्फी रहेको छ। पराग्वेबाट पछिल्लो ११महिनामा पाँचअर्ब ९९करोड७५ लाख५१ हजार रुपैयाँको कच्चा सोयाविन तेल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्