ऋणपत्र निष्काशन गर्दै मुक्तिनाथ विकास बैंक काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ७ गतेदेखि साउन ११ गतेसम्म ८.७५ प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्काशन गर्ने भएको हो। बैंकले प्रतिकित्ता एकहजार रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। पाँचलाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी सातलाख ५०हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्