समुन्द्रसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा – अध्यक्ष मल्ल काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले भारतीय समुन्द्री बन्दरगाहसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा भएको बताएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले आज एक सूचना निकाल्दै भारतसँगको रेल सेवा सम्झौता संशोधन कोषेढुंगा भएको बताए। भने,“यसबाट नेपालको वैदेशिक तथा दुई देशको व्यापारमा ठूलो सघाउ पुग्छ।”यसबाट आयात/निर्यातको समय र लागत घट्ने उनको भनाई छ। जसबाट उपभोक्तामूल्य घट्दै सस्तो मूल्यमा सामाग्री पाउन थाल्ने चेम्बरले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्