मध्यविन्दु नगरपालिकाको एक अर्ब रुपैयाँको बजेट पारित काठमाडौं। नवलपुरस्थित मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्षलाई एक अर्बभन्दा धेरैको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट पारित भएको हो। चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्