सार्क राष्ट्रसँग नेपालको व्यापार घाटा ८ खर्बभन्दा बढी, माल्दिभ्स बाहेक सबैसँग व्यापार घाटा काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का माल्दिभ्सबाहेकका सबै देशसँग नेपालको व्यापार घाटा रहेको छ। चालु आर्थिक वर्ष २०७७ ७८ को पहिलो एघार महिनामा माल्दिभ्सबाहेकका अन्य ६ राष्ट्रसँगको व्यापार घाटा ८ खर्ब ४ अर्ब ९३ करोड ४ लाख २ हजार रुपैयाँ पुगेको छ। ती देशबाट ८ खर्ब ९६ अर्ब ५८ करोड ६ लाख ९५ हजारको सामग्री नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्