विद्युतीय स्कुटर सार्वजनिक गर्दै बीएमडब्ल्यू एजेन्सी। विश्व प्रसिद्ध ब्रान्ड बीएमडब्ल्यूले विद्युतीय स्कुटर ‘सिई–०४’ बिक्री गर्ने भएको छ। कम्पनीले करिब १२ हजार अमेरिकी डलर पर्ने स्कुटर बिक्री गर्ने भएको हो। सन् २०१७ मै सार्वजनिक गरिएको स्कुटरलाई कम्पनीले अहिले नयाँ डिजाइन र प्रविधिबाट अपग्रेड गरेको छ। एकपटकको फुल चार्जपछि स्कुटर एक सय ३० किलोमिटरको दुरी कायम गर्न सक्नेछ। कम्पनीकाअनुसार सन् २०२२ पछि यसको बिक्री हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्