निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने काठमाडौं। नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन्। नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले आफूहरुको आन्दोलन जारी रहने बताएको हो। नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दासमेत छलफल नगरेको युनियनको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्