माछापुच्छ्रे बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने काठमाडौं। माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले असार ३१ गतेबाट साउन ४ गतेसम्म कुल ऋणपत्र निष्काशन गर्न लागेको हो। प्रत्येक ६/६ महिनामा परिवर्तन हुने ऋणपत्रको वार्षिक ब्याजदर साढे ८ प्रतिशत रहेको बैंकले बताएको छ। बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्