१५ दिनमा ९१ करोड घाटा ब्यहोर्दै निगम काठमाडौं। नेपाल आयल निगमले हरेक १५ दिनमा ९१ करोड रुपैयाँ घाटा ब्यहोर्न थालेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२९ र डिजेलको मूल्य ११२ रुपैयाँ पुर्‍याउँदा पनि उक्त घाटा ब्यहोर्नु पर्ने भएको हो। यस्तै निगमले खाना पकाउने ग्यासँमा पनि प्रतिसिलिन्डर ३१९ डलर घाटा ब्यहोर्दै आएको छ। मूल्य वृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर ७.७५ र डिजेलमा ४.३५ रुपैयाँ घाटा हुने निगमले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्