प्रतिलिटर १२९ रुपैयाँ पुग्यो पेट्रोलको मूल्य काठमाडौं। नेपाल आयल निगमले डिजेल/पेट्रोलको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ। निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलर पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्