घट्यो कारोबार रकम काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा आज पछिल्लो दुई महिना यताकै न्यून कारोबार भएको छ। नेप्सेमा आज जम्मा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। हिजो सोमबार नेप्सेमा चारअर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो। जुन आजभन्दा ३६ करोड रुपैयाँले बढी हो। केही समयअघि नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएपनि अहिले बिस्तारै कारोबार रकम खुम्चिँदै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्