चीनले बन्द गर्‍यो राइड सेयरिङ कम्पनी ‘दिदि’ एजेन्सी। चीनको नियामक निकायले राइड सेयरिङ कम्पनी ‘दिदि’माथि एप स्टोरमा प्रतिबन्ध लगाएको छ। चीनमा मात्रै ‘दिदि’का ३७ करोडभन्दा धेरै प्रयोगकर्ता छन्। सन् २०१२ मा स्थापना भएको ‘दिदि’ अहिले विश्वका धेरै देशमा सेवा दिइरहेको छ। बेजिङमा मुख्यालय रहेको ‘दिदि’बाट प्रयोगकर्ताको विवरण असुरक्षित रहेको भन्दै प्रतिबन्ध लगाइएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्