उत्पादकहरुको बैठक रद्द, तेलको भाउ अझै बढ्ने एजेन्सी। तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक)को बैठक रद्द भएको छ। सोमबारलाई तय गरिएको बैठकले विश्व बजारमा निरन्तर बढिरहेको तेलको मूल्यमा ब्रेक लगाउने अनुमान गरिएको थियो। तर बैठक बिनाकारण रोकिएको छ। यससँगै पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई लिने र उपभोक्ताको ढाड अझै सेक्ने अनुमान गरिएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्