सोमबारदेखि बल्दै माथिल्लो तामाकोशी काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारदेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको परियोजनाले पहिलोपटक युनिटबाट बिजुली उत्पादन गर्ने भएको हो। सो आयोजनाको सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। आयोजनाको पहिलो युनिटको क्षमता ७६मेगावाट रहेको छ। आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्