भिडियो समय तीन मिनेट पुर्‍याउँदै टिकटक एजेन्सी। चीनियाँ बाइटडान्स कम्पनी टिकटकले भिडियोको समय बढाउने तयारी गरेको छ। अहिले टिकटकमा जम्मा एक मिनेट समयको भिडियो पोष्ट गर्न मिल्छ। यसलाई बढाएर तीन मिनेटसम्मको भिडियो पोष्ट गर्न मिल्ने बनाउने कम्पनीले बताएको छ। बीबीसीका अनुसार २०१८ मा सार्वजनिक भएदेखि टिकटकमा ६० सेकेन्डसम्मको भिडियो पोष्ट गर्न मिल्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्