खोप आपूर्ति असार २४ गतेबाट सुरु हुने काठमाडौं। नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच भएको सम्झौताअनुरुप यही असार२४ गतेबाट खोप आपूर्ति सुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकविज्ञप्ति जारी गर्दै साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने जनाएको हो। मन्त्रालयका अनुसार खोपको आपूर्तिसँगै खोप अभियान सुचारु हुने व्यवस्था मिलाइएको छ। अहिलेसम्म कुल जनसंख्याको ९प्रतिशतलाई पहिलो मात्रा र ३प्रतिशतलाई दोस्रो मात्रा कोभिड खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्