६ लाख ११ हजार २४१ वटा निजी आवास पुनर्निर्माण सम्पन्न काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबारसम्म अनुदान सम्झौता गरेकामध्ये ६ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरेको जानकारी दिएको छ। यो भनेको कूल अनुदान सम्झौता गर्नेको ७४.६८ प्रतिशत हो। हालसम्म ८ लाख १८ हजार ६२४ जना अनुदान सम्झौता गरेका छन्। हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या एक लाख ४६ हजार १५३ छ जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्