१२ करोडको पुल बनिनसक्दै भासियो काठमाडौं। सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ। सङ्घीय सरकारको १२करोड रुपैयाँ लागतमा हाल पक्की पुलको ढलानको काम सकिएको थियो। पुलको लम्बाई करीब २००मिटर रहेको ठेकेदार मनोजकुमार शाहले बताए। उनका अनुसार पुलको४० मिटर भाग भासिएको छ। पप्पु एन्ड शिवशङ्कर(जेभी)ले आव २०७५/७६बाट निर्माण शुरु गरी चालु आवमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्