फोरजीका प्रयोगकर्ता ७८ लाखभन्दा बढी काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल इन्टरनेटअन्तर्गत ७८ लाख ७१ हजार ५५५ प्रयोगकर्ता पुगेको जनाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तभित्र सोही संख्यामा प्रयोगकर्ता रहेको बताएको हो। नेपालमा तीन दुरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन्। नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्