‘बैंकको खाता विवरण कसैलाई नदिनुहोस्’ काठमाडौं। नेपाल बैकर्स संघले सर्वसाधारण समक्ष आफ्नो व्यक्तिगत बैंकको खाता विवरण कसैलाई नदिन भनेको छ। आज एक विज्ञप्ति जारी गर्दै संघले अनाधिकृत व्यक्तिले विवरण माग्दा नदिन भनेको हो। संघका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै बैंकको विवरण माग्ने प्रचलन बढेको छ। यसका लागि रकमसमेत पठाउन भन्दै ठगी गर्ने क्रम बढेपछि संघले व्यक्तिगत विवरण नदिन भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्