लुम्बिनीमा ४५ प्रतिशत रोपाईं काठमाडौं। लुम्बिनी प्रदेशमा अहिलेसम्म ४६ प्रतिशत धान रोपाईं सकिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार १५ गतेसम्ममा ४५.९४ प्रतिशत भूभागमा धान रोपाईं सकिएको हो। लुम्बिनीमा कुल तीन लाख तीन हजार हेक्टर भूभागमा धान रोपिँदै आएको छ। जसमध्ये हालसम्म एक लाख ३९ हजार क्षेत्रफलमा धान रोपिसकिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्