पहिरोले तातोपानी सडकखण्ड र पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका५ सखुवामा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान साँढे७ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ। यस्तै सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो भरिरहेका कारण गए रातिदेखि सडक अवरुद्ध बनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्