२७ प्रतिशत धान रोपाइँ सम्पन्न काठमाडौं। आजसम्म नेपालको २७ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयकाअनुसार आज १५ गतेसम्म उक्त क्षेत्रफलमा धान रोपाई सकिएको हो। नेपालमा कुल १३ लाख ७१ हजार भूभागमा धान रोपाई गरिँदै आएको छ। यसमध्ये हालसम्म तीन लाख ७२ हजार भूभागमा रोपाई सकिएको हो। गत वर्षको यही अवधिमा ३५ प्रतिशत भूभागमा रोपाई सकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्