बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण रासस। बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ। आयोजनाले असार मसान्तमा १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँ मा खरीदबिक्री भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्