केरुङबाट भित्रियो १५ अर्बको सामान, निर्यात शून्य केरुङबाट भित्रियो १५ अर्बको सामान, निर्यात शून्य काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा रसुवाको केरुङ नाकाबाट १५ अर्ब १५ करोड रुपैयाँको आयात भएको छ। भन्सार विभागले बताएअनुसार यस अवधिमा भएको कुल आयातको १.१० प्रतिशत हिस्सा हो। तर यस नाकाबाट नेपालले कुनै पनि निर्यात गर्न सकेको छैन। विभागका अनुसार यस अवधिमा केरुङ नाकाबाट कोभिड–१९ सँग सम्बन्धीत स्वास्थ्य सामाग्री भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्