५११ स्थानीय तहले अझै पेस गरेनन् बजेट काठमाडौं। असार १० गतेभित्र जसरी पनि बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएपनि अझै ५११ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएअनुसार देशका अझै ६८ प्रतिशत स्थानीय तहले बजेट पेस नगरेका हुन्। तर स्थानीय तहले जसरी पनि असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्