सुदूरपश्चिम प्रदेशमा ४५ प्रतिशत रोपाईं सम्पन्न काठमाडौं। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ। रोपाईंका लागि योग्य कूल जमिनको ४५.९३ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको प्रदेश कृषि विकास निर्देशनालयले जनाइएको छ। किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाईंको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्