वैदेशिक व्यापार : विरगञ्ज नाका नम्बर एक काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विरगञ्ज नाकाबाट सबैभन्दा धेरै आयात÷निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस नाकाबाट मात्रै ४ खर्ब ५६ अर्ब रुपैयाँको आयात भएको हो। यो नेपालले गरेको कुल आयातको ३३ प्रतिशत हो। त्यस्तै यही नाकाबाट ४४ अर्ब २३ करोड रुपैयाँको निकासी भएको छ। यो नेपालले गरेको कुल निकासीको ३६ प्रतिशत हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्