६३२ स्थानीय तहले निर्धारित समयभित्र बजेट पेश गर्न सकेनन् काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका ७५३ स्थानीय तहमध्ये ६३२ वटाले तोकिएको समयमा बजेट पेस नगरेको बताएको छ। समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहमा प्रदेश–१ का १११, प्रदेश–२ का १२३, बागमतीका १०३, गण्डकीका ६३, लुम्बिनीका ८९, कर्णालीका ६९ र सुदूरपश्चिमका ७४ वटा रहेका छन्। कुलमध्ये ८३.९३ प्रतिशत स्थानीय तहले समयमा बजेट पेस नगरेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्