तीन प्रतिशत ब्याजदरमै पुनकर्जा काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित उद्योग/व्यवसायलाई तीन प्रतिशत ब्याजमै पुनकर्जा दिने व्यवस्था गरेको छ। आज कार्यविधि जारी गर्दै बैंकले विषेश पुनकर्जाको ब्याजदर तीन प्रतिशत तोकेको हो। यसैगरी साना तथा घरेलु उद्योग र साधारण पुनकर्जाको ब्याजदर भने ५ प्रतिशत तोकिएको छ। बैंकहरुले आफ्ना ग्राहकलाई दिएको पुनकर्जाबाट तोकिएकोभन्दा बढी ब्याज लिन पाउँदैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्