सातामा ६२ अंकले घट्यो नेप्से काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.४६ अंकले घटेको छ। नेप्सेका अनुसार आइतबार २९ सय ५ अंकबाट कारोबार सुरु भएको परिसूचक बिहीबार २८ सय ४३ अंकमा आएर बन्द भएको हो। आइतबारदेखि बिहीबारसम्मको अवधिमा ४ दिन बजार घट्यो। मंगलबार भने एकै दिन नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो। यसबाहेक अन्य कुनै पनि दिन नेप्से सूचक बढ्न सकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्