वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि एक अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ।नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।कुल बजेटमा चालुतर्फ एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ ४३ करोड ३३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्